About Us

संस्थाको ऐतिहाँसिक पृष्ठभूमि:

newspic/Janasewa Sacos.jpg

जनसेवा वचत तथा ऋण सहकारी संस्था लि., कास्की संस्थाको वर्तमान कार्यक्षेत्रः
जनसेवा वचत तथा ऋण सहकारी संस्था लि., कास्की संस्थाको वर्तमान कार्यक्षेत्र ःपर्यटकीय सुन्दर नगरी पोखरा शहर देखी करिव ८ कि.मी उत्तर माछापुच्छ«े र अन्नपुर्ण हिमश्रृङखलाको काखमा आच्छादित जनसेवा वचत तथा ऋण सहकारी संस्था लि. साविक पुरुन्चौर गा.वि.स. वडा नं. ९ हाल पोखरा महानगरपालीका १९ मा पर्दछ ।
प्रथम जनआन्दोलन २०४६ पछि देशमा आएको राजनैतीक परिवर्तन सँगै तत्कालीन नेपाल सरकारबाट जारी सहकारी ऐन २०४८ को परिधीमा रही निम्न तथा मध्यम वर्गिय जनसमुदायको आर्थीक सामाजीक र साँस्कृतीक समस्याको समाधान गरीसहकारी मार्फत गरिवी निवारणमा सहयोग पुर्याउने सुनौलो अवसर प्रदान गर्नको लागि यस क्षेत्रमा वसोवास गर्ने चेतनशिल नागरिक , शिक्षा प्रेमी , पेशाकर्मी , समाजसेवी ,यूवा विधार्थी र किसानहरुको पहलमा पुरुन्चौर गा.वि.सलाई आफ्नो कार्यक्षेत्र वनाई २०४९ साल चैत्रदेखी संस्थाको कारोवार सञ्चालन गरी २०५० साल भाद्र २१ गते नेपाल सरकार सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कास्कीमा दर्ता नं. ०२ मा जनसेवा वचत तथा ऋण सहकारी संस्था लिं को नाममा संस्था गठन भयो ।
सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप ग्रामिण समुदायमा आधारीत सहकारी संस्थाको रुपमा स्थापीत गराउदै सदस्यहरुको गरिवी न्यूनीकरण कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सँस्था क्रियाशिल छ ।
संस्था स्थापना कालमा ६८ जना सदस्यहरुबाट सुरु गरिएकोमा हाल २५०४ जना व्यत्तीहरु सदस्य रहेका छन् । जसमा महिला १२१८, पूरुष १२७९ र संघ संस्था ७ रहेका छन् भने तत्कालीन समयमा न्युनतम रु.२५। देखी अधिकतम रु.५००। वचत सिमा निर्धारण गरिएकोमा सदस्यहरुको आय क्षमतामा बृद्धि भएका कारणले हाल न्युनतम रु.२००। र अधिकतम रु.१०,०००। सम्म मासिक वचत गर्ने व्यवस्था कायम गरिएको छ । संस्थाको कार्यक्षेत्र स्थापना गर्दा पुरुन्चौर गा.बि.स रहेको मा राज्यको पुनसंरचना पछि पोखरा महानगरपालिका वडा नं १९ कार्यक्षेत्र कायम भयो । मिति २०७७/०६/२० मा पोखरा महानगरपालिका बाट थप ८ वटा वडा थप भई संस्थाको कार्यक्षेत्र हाल पोखरा महानगरपालिका वडा नं १,२,३,४,५,११,१६,१९ र २५ कायम रहेको छ । साथै संस्थाले सदस्यलाई मध्यनजर गर्दै पोखरा म.न.पा वडा नं १ बगर मा सेवाकेन्द्र संचालन गरेको छ ।


Mission/ Vision /Objectives
ध्येय / परिकल्पना/ उद्देश्यहरु

newspic/vision &mission.jpg

ध्येयः Mission

नविनतम् प्रविधिको प्रयोग गर्दै आर्थिक अनुशासनको भावना जागृत गराउदै सर्वसुलभ र प्रतिस्पर्धि वित्तीय एवम् गैर वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक जीवनस्तरमा सुधार ल्याउने ।



उद्देश्यहरुः Objective

अल्पकालिन उद्देश्य:

 सदस्यहरुलाई व्यवसायिक बनाउन उत्प्रेरणा प्रदान गर्ने खालका तालिम शिक्षा प्रदान गर्ने,
 सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने,
 सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तिय साक्षरता तथा वित्तिय परामर्श प्रदान गर्ने ।
 संस्थागत बीमा अभिकर्ता भई सदस्य वीमा कार्यक्रम संचालन गर्ने ।
 आधुनिक प्रविधीहरु भित्र्यार एस.एम.एस, इ–सेवा जस्ता सेवाहरुको विकास गर्ने,
 साना तथा घरेलु उद्योग विकासका लागि सहुलिय ऋणको व्यवस्था गर्ने ।
 सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने,
 संस्थाको मानव संसाधनलाई क्षमतावान बनाउँदै लाने, (वार्षिक रुपमा कम्तिमा १ वटा तालिम, प्रशिक्षण वा गोष्ठी सञ्चालन गर्ने)
 कृषिमा आधारित उद्योग व्यवसाय तथा कृषि औजार खदिरका लागि व्याजदरमा छुट गराई वित्तीय सहयोग उपलब्ध गराउने
 व्यावसायिक कृषक सदस्यलाई पुरस्कार प्रदान गर्ने
 संस्थाका सदस्यहरुलाई पेशा व्यवसायको आधारमा विविधिकरण गर्दै लैजाने
 विद्यालय तहका विद्यार्थीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
 सरसफाई तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने
 ज्येष्ठ सदस्य र विद्यालय तहका विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गर्ने
 सदस्य राहत कोषलाई क्रमशः विस्थापित गर्दै वीमा कम्पनीहरुसँग समन्वय गरी सामूहिक सदस्य वीमा कार्यक्रम सञ्चालन गर्ने
अल्पकालिन उद्देश्यहरु पूरा गर्नका लागि हरेक कृयाकलापहरुको रणनीतिहरु तय गरी कार्य गरिनेछ ।

दीर्घकालिन उद्देश्य ः

 संस्थामा संलग्न सदस्यहरुबीच स्वावलम्बन, पारस्परिक सहयोेग एवम् मितब्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्धन गर्ने
 सदस्यहरुको ब्यक्तिगत क्षमता बिकास तथा उनिहरुको उत्पादन, ब्यबसाय तथा पेशाको अभिबृद्धिका लागी बचत परिचालन गर्ने
 सदस्यहरुको आर्थिक, सामाजिक एवम् सास्कृतिक जिबनस्तर उठाउने
 सदस्यहरुको आबश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल , आयमुलक, सीपमुलक क्षेत्रमा लगानी ब्यबस्थापन कार्यको प्रवद्र्धन गर्ने । आदि)
 समुदाय भित्र सामाजिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रबद्र्धन गर्ने
 सदस्यहरुकाट संकलित निक्षेप, शेयर र अन्य रकमहरुलाई सदस्यहरुको हित र ब्यबसायमा परिचालन गराउने ।
 कृषि एवं जडिबुटिजन्य उद्योग व्यवसाय सञ्चालनको वातावरण तयार पार्ने ।
 निर्यातमुखी व्यवसायलाई प्रोत्साहन गर्ने ।


संस्थाको संक्षिप्त जानकारी

newspic/Brosser_Janasewa_page-0001.jpg

संस्थाको संक्षिप्त जानकारी


संस्थाको संक्षिप्त जानकारी २

newspic/Brosser_Janasewa_page-0002.jpg

संस्थाको संक्षिप्त जानकारी


News & Events

Videos See All


Recent Notice

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा

Published on: 2025-11-02    

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा Read more

Download Preview

कार्यालय समय सम्बन्धी सुचना

Published on: 2025-11-02    

कार्यालय समय सम्बन्धी सुचना Read more

Download Preview

ब्याजदर परिमार्जन सम्बन्धमा

Published on: 2025-08-19    

ब्याजदर परिमार्जन सम्बन्धमा Read more

Download Preview

बाह्य लेखा परिक्षक आबश्यकता सम्बन्धी सुचना

Published on: 2025-08-18    

बाह्य लेखा परिक्षक आबश्यकता सम्बन्धी सुचना Read more

Download Preview

ब्याजदर परिबर्तन सम्बन्धमा

Published on: 2025-07-31    

ब्याजदर परिबर्तन सम्बन्धमा Read more

Download Preview

Developed by: Infomax Pvt.Ltd.