About Us

संस्थाको ऐतिहाँसिक पृष्ठभूमि:

newspic/Janasewa Sacos.jpg


जनसेवा वचत तथा ऋण सहकारी संस्था लि., कास्की संस्थाको वर्तमान कार्यक्षेत्रः
जनसेवा वचत तथा ऋण सहकारी संस्था लि., कास्की संस्थाको वर्तमान कार्यक्षेत्र ःपर्यटकीय सुन्दर नगरी पोखरा शहर देखी करिव ८ कि.मी उत्तर माछापुच्छ«े र अन्नपुर्ण हिमश्रृङखलाको काखमा आच्छादित जनसेवा वचत तथा ऋण सहकारी संस्था लि. साविक पुरुन्चौर गा.वि.स. वडा नं. ९ हाल पोखरा महानगरपालीका १९ मा पर्दछ ।
प्रथम जनआन्दोलन २०४६ पछि देशमा आएको राजनैतीक परिवर्तन सँगै तत्कालीन नेपाल सरकारबाट जारी सहकारी ऐन २०४८ को परिधीमा रही निम्न तथा मध्यम वर्गिय जनसमुदायको आर्थीक सामाजीक र साँस्कृतीक समस्याको समाधान गरीसहकारी मार्फत गरिवी निवारणमा सहयोग पुर्याउने सुनौलो अवसर प्रदान गर्नको लागि यस क्षेत्रमा वसोवास गर्ने चेतनशिल नागरिक , शिक्षा प्रेमी , पेशाकर्मी , समाजसेवी ,यूवा विधार्थी र किसानहरुको पहलमा पुरुन्चौर गा.वि.सलाई आफ्नो कार्यक्षेत्र वनाई २०४९ साल चैत्रदेखी संस्थाको कारोवार सञ्चालन गरी २०५० साल भाद्र २१ गते नेपाल सरकार सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कास्कीमा दर्ता नं. ०२ मा जनसेवा वचत तथा ऋण सहकारी संस्था लिं को नाममा संस्था गठन भयो ।
सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप ग्रामिण समुदायमा आधारीत सहकारी संस्थाको रुपमा स्थापीत गराउदै सदस्यहरुको गरिवी न्यूनीकरण कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सँस्था क्रियाशिल छ ।
संस्था स्थापना कालमा ६८ जना सदस्यहरुबाट सुरु गरिएकोमा हाल २५०४ जना व्यत्तीहरु सदस्य रहेका छन् । जसमा महिला १२१८, पूरुष १२७९ र संघ संस्था ७ रहेका छन् भने तत्कालीन समयमा न्युनतम रु.२५। देखी अधिकतम रु.५००। वचत सिमा निर्धारण गरिएकोमा सदस्यहरुको आय क्षमतामा बृद्धि भएका कारणले हाल न्युनतम रु.२००। र अधिकतम रु.१०,०००। सम्म मासिक वचत गर्ने व्यवस्था कायम गरिएको छ । संस्थाको कार्यक्षेत्र स्थापना गर्दा पुरुन्चौर गा.बि.स रहेको मा राज्यको पुनसंरचना पछि पोखरा महानगरपालिका वडा नं १९ कार्यक्षेत्र कायम भयो । मिति २०७७/०६/२० मा पोखरा महानगरपालिका बाट थप ८ वटा वडा थप भई संस्थाको कार्यक्षेत्र हाल पोखरा महानगरपालिका वडा नं १,२,३,४,५,११,१६,१९ र २५ कायम रहेको छ । साथै संस्थाले सदस्यलाई मध्यनजर गर्दै पोखरा म.न.पा वडा नं १ बगर मा सेवाकेन्द्र संचालन गरेको छ ।

News & Events

Photo Gallery


Warning: scandir(admin/Album/uploads/27th Annual General Meeting photo): Failed to open directory: No such file or directory in /home2/janasewacoopcom/public_html/singleabout.php on line 66

Warning: scandir(): (errno 2): No such file or directory in /home2/janasewacoopcom/public_html/singleabout.php on line 66

Fatal error: Uncaught TypeError: count(): Argument #1 ($value) must be of type Countable|array, bool given in /home2/janasewacoopcom/public_html/singleabout.php:67 Stack trace: #0 {main} thrown in /home2/janasewacoopcom/public_html/singleabout.php on line 67