Mission/ Vision /Objectives
ध्येय / परिकल्पना/ उद्देश्यहरु
ध्येयः Mission
नविनतम् प्रविधिको प्रयोग गर्दै आर्थिक अनुशासनको भावना जागृत गराउदै सर्वसुलभ र प्रतिस्पर्धि वित्तीय एवम् गैर वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक जीवनस्तरमा सुधार ल्याउने ।
उद्देश्यहरुः Objective
अल्पकालिन उद्देश्य:
सदस्यहरुलाई व्यवसायिक बनाउन उत्प्रेरणा प्रदान गर्ने खालका तालिम शिक्षा प्रदान गर्ने,
सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने,
सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तिय साक्षरता तथा वित्तिय परामर्श प्रदान गर्ने ।
संस्थागत बीमा अभिकर्ता भई सदस्य वीमा कार्यक्रम संचालन गर्ने ।
आधुनिक प्रविधीहरु भित्र्यार एस.एम.एस, इ–सेवा जस्ता सेवाहरुको विकास गर्ने,
साना तथा घरेलु उद्योग विकासका लागि सहुलिय ऋणको व्यवस्था गर्ने ।
सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने,
संस्थाको मानव संसाधनलाई क्षमतावान बनाउँदै लाने, (वार्षिक रुपमा कम्तिमा १ वटा तालिम, प्रशिक्षण वा गोष्ठी सञ्चालन गर्ने)
कृषिमा आधारित उद्योग व्यवसाय तथा कृषि औजार खदिरका लागि व्याजदरमा छुट गराई वित्तीय सहयोग उपलब्ध गराउने
व्यावसायिक कृषक सदस्यलाई पुरस्कार प्रदान गर्ने
संस्थाका सदस्यहरुलाई पेशा व्यवसायको आधारमा विविधिकरण गर्दै लैजाने
विद्यालय तहका विद्यार्थीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
सरसफाई तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने
ज्येष्ठ सदस्य र विद्यालय तहका विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गर्ने
सदस्य राहत कोषलाई क्रमशः विस्थापित गर्दै वीमा कम्पनीहरुसँग समन्वय गरी सामूहिक सदस्य वीमा कार्यक्रम सञ्चालन गर्ने
अल्पकालिन उद्देश्यहरु पूरा गर्नका लागि हरेक कृयाकलापहरुको रणनीतिहरु तय गरी कार्य गरिनेछ ।
दीर्घकालिन उद्देश्य ः
संस्थामा संलग्न सदस्यहरुबीच स्वावलम्बन, पारस्परिक सहयोेग एवम् मितब्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्धन गर्ने
सदस्यहरुको ब्यक्तिगत क्षमता बिकास तथा उनिहरुको उत्पादन, ब्यबसाय तथा पेशाको अभिबृद्धिका लागी बचत परिचालन गर्ने
सदस्यहरुको आर्थिक, सामाजिक एवम् सास्कृतिक जिबनस्तर उठाउने
सदस्यहरुको आबश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल , आयमुलक, सीपमुलक क्षेत्रमा लगानी ब्यबस्थापन कार्यको प्रवद्र्धन गर्ने ।
आदि)
समुदाय भित्र सामाजिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रबद्र्धन गर्ने
सदस्यहरुकाट संकलित निक्षेप, शेयर र अन्य रकमहरुलाई सदस्यहरुको हित र ब्यबसायमा परिचालन गराउने ।
कृषि एवं जडिबुटिजन्य उद्योग व्यवसाय सञ्चालनको वातावरण तयार पार्ने ।
निर्यातमुखी व्यवसायलाई प्रोत्साहन गर्ने ।